सप्तरी युथ नेपालको सराहनीय कार्य : भलुवाही खोला सरसफाई अभियान

मिति: २०२४-०५-२५ , समय : १९:३३:२५ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज । सप्तरीको राजविराज नगरपालिकामा रहेको भलुवाही खोला सरसफाइ अभियान शुरु गरिएको छ । सप्तरी युथ नेपालको आयोजना तथा राजविराज नगरपालिका र राजविराज युथ कम्युनिटीको सहकार्यमा शनिबारदेखि भलुवाही खोला सरसफाइ अभियान शुरु गरिएको हो ।
सरसफाई तपाईंको हातमा हामी युवा तपाईंको साथमा भन्ने नाराकासाथ भलुवाही खोला पुर्ण सरसफाई गरेरै छाड्ने प्रतिबद्धताकासाथ सरसफाइ अभियान प्रारम्भ गरिएको सप्तरी युथ नेपालले जनाएको छ ।
समुदायलाई सफा, स्वास्थ, र वातावरणीय रूपमा सुधार गर्ने, वातावरणीय सुधार गरी सामुदायिक भावना मजबुत बनाउने, विभिन्न स्वास्थ्य समस्याहरू घटाउने, पर्यावरणीय सन्तुलन कायम राख्न, र समुदायको समग्र जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने यस सरसफाइ अभियानमा जनप्रतिनिधि, राष्ट्रसेवाक कर्मचारीहरु, राजनीतिक दल, सञ्चारकर्मी , स्थानीय युवाहरूले विगत देखि यस भलुवाही खोलाको सरसफाईको लागी अभियान थाल्नु सप्तरी युथ नेपालको राम्रो पक्ष रहेको स्थानिय बताउनुहुन्छ ।
एक बर्ष भित्र भलुवाही खोला सरसफाइ तथा बृक्षरोपण समेत गर्ने अभियानमा सम्पुर्ण सप्तरीबासी तथा आम राजविराजबासीको सहयोग पाउने अपेक्षाका साथ अभियानलाई अगाडि बढाइएको सप्तरी युथ नेपालले जनाएको छ ।
भलुवाही खोला सरसफाइ अभियानको पहिलोदिन सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य सतिशकुमार सिंह, राजबिराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविन, प्रमुख जिल्ला अधिकारी किरण थापा, माओवादी केन्द्रका युवा नेता एवम् राजविराज नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष तथा नगर प्रवक्ता जयनारायण मण्डल, नेकपा एमालेका सप्तरी प्रवक्ता अखलेश कुमार झा , राजबिराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ्ग, ओम शान्तिका भगवती दिदीसहितका उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२४-०५-२५ , समय : १९:३३:२५ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित