भगवतपुरका किशोरी तथा बालबालिकाहरुलाई जनचेतना तालिम

मिति: २०२४-०५-२४ , समय : २०:४५:४४ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभिबाट

गामघर डेस्क

राजविराज । सप्तरीको महादेवा गाउँपालिकाको वडा न.५ स्थित भगवतपुरमा किशोरी तथा बालबालिकाहरुलाई जनचेतना तालिम शुरु
भएको छ । महादेवा गाउँपालिकाको ५ स्थित वडा कार्यालय सभाभवन भगवतपुरमा किशोरी वालवालिकालाई ८ दिने जनचेतना तालिम एक कार्यक्रम विच शुक्रवारदेखि शुरु भएको हो । मानव अधिकार प्रवद्र्धन नेपाल छिन्नमस्ता १ सप्तरीको आयोजना तथा महादेवा गाउँपालिकाको सहयोगमा किशोरी वालवालिकालाई ८ दिने जनचेतना तालिम शुरु भएको छ । मानव अधिकार प्रवद्र्धन नेपाल छिन्नमस्ता १ सप्तरीको अध्यक्ष हुलसित कुमार यादवको अध्यक्षता तथा महादेवा गापाका अध्यक्ष सुनिल कुमार मण्डलको प्रमुख अतिथ्यमा उदधाटन कार्यक्रमा उपाध्यक्ष अर्चनाकुमारी यादव,प्रमुख प्रशासकिय अधिकृत रामलखन यादव, ५ नम्बर वडाध्यक्ष हरेराम मण्डल,सामाजिक विकाश शाखाका प्रमुख जावेद अली, लगायतले आ आफनो शुभकामना मन्त्ब्य राखेका थिए । सो तालिममा ६८ जना किशोरी वालवालिकालाई प्रशिक्षकद्धय त्रीवेणी यादव,कञ्चन यादवले प्रशिक्षण दिने आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०५-२४ , समय : २०:४५:४४ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित