मधेस प्रदेश : दुई छुट्टाछुट्टै घटनामा दुई जना युवककाे मृत्युु , अर्का एकजना युवक घाइते

मिति: २०२४-०५-२३ , समय : १२:३३:३० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।  मधेस प्रदेशकाे राजधानी धनुषामा दुई छुट्टाछुट्टै घटनामा दुई जना युवककाे मृत्युु भएको छ भन्ने अर्का एकजना युवक घाइते भएको छ । साेहि क्रममा धनुषामा एक पुरुषको इनारमा खसेर मृत्यू भएको छ । ईनार सफा गर्न तल झरेका एक पुरुषको निस्सासिएर मृत्यू भएको हो । 

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ भरतपुरस्थित बस्ने स्थानीय उदगारी यादवको इनार सफा गर्ने क्रममा स्थानीय ३० बर्षिय रामप्रसाद शर्माको मृत्यू भएको हो । 

मान्छे ईनारभित्र खसेको खवर पाए लगत्तै सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प रघुनाथपुरबाट खटि गएको टोलीले मृतक शर्माको लास ४० मिटर भित्रबाट निकाल्न सफल भएको हो । ईनारमा खसेको खवरपछि तुरुन्तै प्रहरी नायब उपरीक्षक गान्धिवराज स्याङ्तानको कमाण्डमा गएको सशस्त्र प्रहरीको गोतखोर टोलीले शव निकालेको हो । 

सशस्त्र प्रहरीको ४ जनाको टोली र ११ जनाको विपद व्यवस्थापनको तालिम प्राप्त टोलीले उनको लास ४० मिटरभित्रबाट निकालेको हो । त्यतिभित्रबाट मृतकलाई निकाल्न कसैको हिम्मत नभएपछि सशस्त्र प्रहरीलाई खवर गएको सशस्त्र प्रहरी बल ८ नं. गण हेडक्वाटर धनुषाका ईन्सपेक्टर सुरेश लामाले जानकारी दिए । 
यता धनुषामा क्रसरको फित्तामा टाउको फसेको अवस्थामा एक युवकको शव फेला परेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ मा रहेको कमला स्टोन क्रसरमा स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको शव फेला परेको हो ।

मजदुरी गर्दै आएका यादवको शव ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । सोही क्रसरमा काम गर्ने बाराक निजगढ बस्ने ४५ वर्षीय खेमकुमार मगर घाइते अवस्थामा भेटिएका छन् ।

मृतकका मामा खुसीलाल यादवले घटना शंकास्पद भएको भन्दै गम्भीर रुपमा अनुसन्धान गर्न माग गरेका छन् । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०५-२३ , समय : १२:३३:३० , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित