मधेस प्रदेश : पाँच किलो गाँजासहित नागेन्द्र सिंह पक्राउ

मिति: २०२४-०५-२३ , समय : ०९:०४:५९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको सर्लाहीबाट लागूऔषध पाँच किलो गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडा न.९ बस्ने ६५ वर्षीय नागेन्द्र सिंह रहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट खटेको प्रहरी टोलीले बुधबार अपारहन्न साढे ४ बजे लालबन्दी बजार स्थित बर्गर हाउस अगाडी बसिरहेको अवस्थामा उनलाई गाँजासहित पक्राउ गरिएको हो ।

यता उनको साथबाट प्लाष्टिकको बोरामा रहेको ५ किलो गाँजा बरामद गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०५-२३ , समय : ०९:०४:५९ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित