सप्तरीकाे डलबामा एक दलित महिलामाथि निर्घात कुटपिट, कुटपिट गर्ने तिन जना आराेपित पक्राउ

मिति: २०२४-०५-२३ , समय : ०५:४७:४७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १४ स्थित डलवामा एक महिलामाथि निर्घात कुटपिट भएको घटना बाहिरिएको छ ।

ती महिलालाई सडकमै ३/४ जनाले बाँसको भाटाले अन्धाधुन्ध कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा देखिएको छ । कुटपिटबाट सडकमै बेहोस भएको भिडिओमा देखिएको छ ।

सोमवार कुटिएकी महिला हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १४ रम्पुरा मल्हनियाँ बस्ने रेखादेवी राम रहेकी बताइएको छ । प्रत्यक्षदर्शीहरुकाअनुसार कुटपिटबाट उनी गम्भीर घाइते भएकी छन् ।

यता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डिराज नेउपानले ती घटनामा संलग्न रहेका तीन जनालाई नियन्त्रणमा लिइएको बताए । ‘परिवारभित्रकै झगडा रैंछ, कुटपिटमा संलग्नमा रहेका तीन जनालाई नियन्त्रणमा लिइसकेका छौं’ उनले भने, ‘कुटपिटमा परेकालाई जाहेरी दिनका लागि बोलाएका छौं, त्यसपछि थप विवरणमा पठाउँछौं ।’

यता तीनै जनालाई मंगलबार नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक नेउपालने बताए । यद्यपी, पीडित महिलाका परिवारजनले भने अझैंसम्म जाहेरी गर्न नआएको जनाएको छ ।

प्रकाशित मिति: २०२४-०५-२३ , समय : ०५:४७:४७ , 11 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित