कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

मिति: २०२४-०५-२२ , समय : २१:०४:१७ , गामघर डेस्क

तस्बिर : टुडेपाटि डटकम अनलाइन

गामघर डेस्क

जनकपुरधाम । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । नागरिकता दुरुपयोग उजुरीमा हिजो पक्राउ परेका सिरोहियालाई जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले पक्राउ परेको मितिदेखि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीले सिरोहियालाई हिजो काठमाण्डौको थापाथलीमा रहेको कान्तिपुर पब्लिकेसन्सकाे केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको हो । प्रहरीले अदालतमा पेश परेको विवरणमा सिरोहियाकै नाममा रहेको नागरिकता अर्का व्यक्तिको नाममा समेत पाइएको उल्लेख छ ।

प्रहरीले सिरोहियाको नागरिकताको प्रतिलिपिमा जन्ममिति किर्ते गरेर पछि थप गरेको आशङ्का गरेको छ । साथै उनले नागरिकता लिँदा पेश गर्नुपर्ने कागजपत्रको अभिलेख फेला नपरेको प्रहरीको जिकिर छ । सिरोहियाले भने आफूले वंशज नागरिकता लिएको तर त्यसबारे देखिएका कमजोरी प्रशासनको त्रुटिका कारण भएको हुन सक्ने भन्दै त्यसमा आफ्नो दोष नरहेको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति: २०२४-०५-२२ , समय : २१:०४:१७ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्