तीन दिन बन्द भएको भङ्गहा–जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालन

मिति: २०२४-०५-२१ , समय : ११:५१:२९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि नियमित भएको छ । भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा लोकसभा चुनावका कारण गएको शनिवारदेखि हिजो सोमवारसम्म ७२ घण्टाका लागि रेल सेवा पूर्ण रुपमा बन्द गरिएको थियो ।

महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा हिजो मतदान सम्पन्न भएपछि रेलसेवा नियमित सञ्चालन भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०५-२१ , समय : ११:५१:२९ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित