सप्तरीमा बिधुत चुहावट गर्ने पाच जना पक्राउ
मिति: २०२३-०३-१२ , समय : ०८:१०:३७ , लक्ष्मी कुमारी चौधरी
मिति: २०२३-०३-१२ , समय : ०८:१०:३७ , लक्ष्मी कुमारी चौधरी
लक्ष्मी कुमारी चौधरी
राजविराज । सप्तरीमा अनाधिकृत रुपले बिधुत उपयोग गरिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल बिधुत प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले उनिहरुलाइ नियन्त्रणमा लिएका हुन । पक्राउ पर्नेहरुमा सप्तरी राजबिराज नगरपालिका वडा न. १३ भेल्ही निवासी बर्ष ४५ को बिष्णु यादव , राजबिराज नगरपालिका वडा न.१३ भेल्ही बस्ने बर्ष २५ को देव कुमार यादव , साेहि ठाउका बर्ष ५० को रामपृत यादव , राजबिराज नगरपालिका वडा न. ११ फर्सैट बस्ने बर्ष ५० को जपेलाल यादव र तिलाठी कोईलाडि गाउपालिका वडा न. २ लौनिया बस्ने बर्ष ५५ को महेन्द्र खंग खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता पक्राउ परेकाहरुलाइ विघुत चुहावट एेन अन्तरगत कार्वाही स्वरुप जरिवाना लिइ छाडने नेपाल विघुत प्राधिकरण शाखा राजविराजले जनाएको छ।
प्रकाशित मिति: २०२३-०३-१२ , समय : ०८:१०:३७ , २ वर्ष अगाडि