सुनसरीमा प्रहरीले गोली चलायो : एक लागूऔषध कारोबारी घाइते, अर्का पक्राउ

मिति: २०२४-०५-१७ , समय : ०७:०८:३१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सुनसरी । कोशी प्रदेशको सुनसरीमा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई समातेको छ ।

ब्यूरोका अनुसार, सप्तरीको सप्तकोशी नगरपालिका–५ बस्ने ३५ वर्षीय श्यामसुन्दर मण्डल र सुनसरीको इटहरी नगरपालिका–५ बस्ने ४० वर्षीय श्याम निरौलालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुमध्ये मण्डलले प्रहरीलाई आक्रमण गर्न खोजेपछि खुट्टामा गोली हानेर नियन्त्रणमा लिइएको ब्यूरोका अधिकृतहरुको दाबी छ । प्रहरीका अनुसार, सुनसरीको रामधुनी नगरपालिका–६ मा लागूऔषध कारोबारीलाई समात्न जिल्ला प्रहरी कार्यालयसँग मिलेर संयुक्त अपरेशन चलाइएको थियो ।

त्यसक्रममा एक जना पक्राउ परे भने अर्का भाग्न खोज्दा गोली चलाउनुपरेको ब्यूरोका अधिकृतहरु बताउँछन् । ब्यूरोका एसएसपी गोविन्द थपलिया प्रहरी टोलीमाथि आक्रमण हुने स्थितिमा न्यूनतम बल प्रयोग गर्ने व्यवस्था अनुरुप गोली चलाइएको दाबी गर्छन् ।

ब्यूरोले पछिल्लो दुई सातामा तीन जनालाई नियन्त्रणमा लिन गोली प्रहार गरिसकेको छ । अनलाइनखबर

प्रकाशित मिति: २०२४-०५-१७ , समय : ०७:०८:३१ , ७ महिना अगाडि