मधेस प्रदेश : मोटरसाइकल ठोक्किँदा एक जना युवकको मृत्यु

मिति: २०२४-०५-१५ , समय : २२:०९:२३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको सर्लाहीमा पार्किङ गरेर राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीकै ईश्वरपुर नगरपालिका–१० बेलाका २९ वर्षीय सञ्जितकुमार साह छन् ।

मंगलबार राति चन्द्रनगर गाउँपालिका-२ मा सडक छेउमा पार्किङ गरेर राखेको ज १ त ५१९० नम्बरको ट्याक्टरमा साह चलाइरहेको तीव्र गतिमा रहेको प्रदेश-२-०३-०२१ प ११६८ नम्बरको मोटरसाइकललाई ठोक्किएको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। साह केही दिन अघि कतारबाट रोजगारी गरेर छुट्टीमा घर आएका थिए ।

प्रकाशित मिति: २०२४-०५-१५ , समय : २२:०९:२३ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित