राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिँदै, भोलि बूढानीलकण्ठ सर्दै
मिति: २०२३-०३-१२ , समय : ०७:५७:३१ , गामघर डेस्क
मिति: २०२३-०३-१२ , समय : ०७:५७:३१ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ । भण्डारी २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । त्यसपछि २०७४ साल फागुन २९ गते पुनः दोस्रो कार्यकालका लागि उहाँ चुनिनु भयो ।
भण्डारी राष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला समेत हुनुहुन्छ । लगातार दुई पटक राष्ट्रपतिमा चुनिनु भएकी भण्डारीको कार्यकाल भने विवाद मुक्त हुन सकेन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई अनुमोदन गरेपछि उहाँको आलोचना भएको थियो ।
राष्ट्रपति भण्डारीले भोलि शीतलनिवास छोड्ने तयारी गर्नु भएको छ । भोलि दिउँसो निजी निवास बूढानीलकण्ठ सर्ने तयारी भएको उहाँको निजी सचिवालयले जनाएको छ । भण्डारीको कार्यकाल सकिएपछि भोलि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेले शपथ लिँदै हुनुहुन्छ।
गएको बिहीवार भएको राष्ट्रपतिको चुनावमा पौडेल निर्वाचित हुनुभएको हो । नौ दलीय गठबन्धनको सहयोगमा पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उज्यालोबाट
प्रकाशित मिति: २०२३-०३-१२ , समय : ०७:५७:३१ , २ वर्ष अगाडि