उपेन्द्र यादव बाहिरिएसँगै अशाेक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुँदै

मिति: २०२४-०५-१३ , समय : १४:४३:३४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुने भएको छ।

राई नेतृत्वको जनता समाजवादी पार्टीले तीनजनालाई सरकारमा पठाउने तयारी गरेको छ।

जसपा महासचिव इस्तियाक राईका अनुसार प्रदीप यादव, हसिना खान र रञ्जु झा सरकारमा सहभागी हुनेछन्। ‘प्रधानमन्त्रीले नाम माग्नुभयो। हामीले तीनजनाको नाम पठाएका छौँ,’ उनले भने।

यादव स्वास्थ्यमन्त्री, खान राज्यमन्त्री र झा विनाविभागीयमन्त्री बन्ने बुझिएको छ। उनीहरूको शपथ सम्भव भए आज साँझ वा मंगलबार बिहान हुने गरी तयारी भइरहेको छ।

सरकारमा सहभागी जसपा नेपालका अध्यक्ष यादव र दीपक कार्कीले पदबाट आजै राजीनामा दिइसकेका छन्। पार्टी फुटेपछि राई नेतृत्वको जसपामा लागेका नवलकिशोर साह सुडी यसअघि नै वन तथा वातावरणमन्त्री छन्।

प्रकाशित मिति: २०२४-०५-१३ , समय : १४:४३:३४ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित