मुख्य सचिव बैकुण्ठ अर्यालले गरे सप्तरीको छिन्नमस्ता भ्रमण

मिति: २०२४-०५-११ , समय : २२:५७:१० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

छिन्नमस्ता ।
नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्याल सहितको एक टोलीले सप्तरीको छिन्नमस्ता गाउँपालिकाको सर्वाङ्गिण विकासको लागी भ्रमण गरेका छन् ।
शनिबार छिन्नमस्ता आएको बैला उहाँले सखडा भगवतीको दर्शन सँगै पालिका जनप्रतिनिधिहरुसँग सर्वाङ्गिण विकासको विषयमा छलफल गर्नु भयो ।
छलफलको क्रममा मुख्यसचिव अर्यालले पालिकाको सर्वाङ्गीण बिकासका निमित्त आफुहरु हरेक क्षण तैयार रहेको प्रतिवद्धता जनाएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले सञ्चारकर्मीलाई जानकारी दिनु भयो । पालिकाको गौरवको आयोजनाहरु संचालन गर्न उहाँहरू सहयोग गर्ने प्रतिवद्ध रहेको अध्यक्ष चौधरीले जानकारी दिनु भयो
सो टोलीमा मुख्य सचिव अर्यालसहित, प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद शर्मा, अर्थ मन्त्रालय बजेट माहाशाखाका उप–प्रमुख उतर कुमार खत्री,आन्तरिक राजश्व कार्यालय इटहरीका प्रमुख खेमराज ओझासहितका व्यक्तिहरु रहेको थियो ।

प्रकाशित मिति: २०२४-०५-११ , समय : २२:५७:१० , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्