मधेस प्रदेश : वीरगन्जका पूर्वमेयर सरावगीले एमाले छाडे

मिति: २०२४-०५-११ , समय : ०८:०१:१० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीले एमाले छाडेका छन् । सरावगीले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामापत्र लेख्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टीमा आफ्नो हैसियतअनुसारको भूमिका नपाइएको उल्लेख गर्दै सरावगीले भनेका छन्, ‘पार्टीको भूमिकाले मलाई राजनीतिमा सक्रियभन्दा पनि निष्क्रिय बनाएर राख्ने खालको अवस्था देखिएकोले आजैका मितिदेखि लागू हुने गरी एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको छु ।’

०७८ मंसिरमा एमाले प्रवेश गरेका सरावगीले एमाले केन्द्रीय सल्लाहकार कमिटीको सदस्यमा जिम्मेवारी पाएका थिए । ०७९ को निर्वाचनमा एमालेबाट वीरगन्ज महानगरपालिका मेयरमा चुनाव लडे पनि उनी पराजित भएका थिए । त्यसअघि ०७४ को निर्वाचनमा भने उनी जसपाबाट वीरगन्जको मेयरमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: २०२४-०५-११ , समय : ०८:०१:१० , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्