सप्तरीको राजविराज स्थित मविव क्यम्पसमा स्ववियु सभापतिमा ५ जनाको उम्मेदवारी दर्ता ( तस्बिर सहित )

मिति: २०२३-०३-१२ , समय : ०६:०६:१३ , गामघर डेस्क

स्ववियु निर्वाचनका लागि उम्मेदवारी गर्दा गराउन जाँदै समाजवादी विधार्थी युनियन नेपाल नेतृत्वका तिनदलिय गठबन्धनका उम्मेदवारहरु ।

गामघर डेस्क

राजविराज । सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी (मविव) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिकालागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि विभिन्न गठबन्धनका तर्फबाट मविवको स्ववियु सभापतिमा ५ जनाले उम्मेदवारी दर्ता गराएका हुन।


जसपा निकट समाजवादी विधार्थी युनियन नेपाल, लोकतान्त्रिक समाजवादी निकट लोकतान्त्रिक विद्याथी संघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको तीन दलिय गठबन्धनको तर्फबाट रंजित कुमार यादव, एमाले निकट अनेरास्ववियु र नेकपा एस निकट अनेरास्ववियुको तर्फबाट रन्जिव कुमार साह, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको तर्फबबाट महेश कुमार यादव, जनमत पार्टी निकट विधार्थी जनमत संघको तर्फबाट रामभजन मण्डल र आम अदमी पार्टी निकट आम विद्यार्थी मोर्चाको तर्फबाट डोलि कुमारी दासले उम्मेदवारी दर्ता गराएका छ्न । समाजवादी विद्यार्थी युनियन नेपाल नेतृत्वको गठबन्धनबाट सचिबमा सुनिल कुमार मण्डल, कोषाध्यक्षमा मेनुका साहले उम्मेदवारी दर्ता गराएका छ्न । यसैगरी सदस्यहरुमा राकेश यादव, नन्दन मण्डल, कञ्चन कुमारी ठाकुर, प्रकाश कुमार यादव, रमानन्द कुमार राम, विनय यादव, मो. जकउल्ला रहेका छन् ।

१९ सदस्यीय स्ववियु कार्यसमितिकामा प्रत्येक्ष तर्फ कुल ३८ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । मविवको स्ववियु कार्यसमितिमा १० जना प्रत्यक्षबाट र ९ जना समानुपातिकबाट निर्वाचित भएर चुनिने छन् । मविव क्याम्पसमा कुल मतदाता संख्या १९ सय १४ छ्न ।

प्रकाशित मिति: २०२३-०३-१२ , समय : ०६:०६:१३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित