सप्तरीको चिमटीका अग्निपीडितको समस्या समाधानमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय सरकार उदासीन रहेको आरोप

आगलागिबाट पिडित परिवारको लागि सप्तरी युथले गरेको खाना व्यावस्थापनमा विभिन्न संघ संस्थाले सहयोग गरिने क्रम बढदै

मिति: २०२४-०५-०५ , समय : १६:४४:११ , शुभ नारायण / देबराम यादब

तस्बिर : गामघर टिभिबाट

शुभ नारायण / देबराम यादब

राजविराज ।
सप्तरीको महादेवा गाउँपालिका वडा न.१ चिम्टीमा आगलागी भएको पाँच दिन भएको छ ।तर, उनीहरूको समस्या समाधानमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय सरकारले अझसम्म खासै तदारुकता नदेखाएको स्थानियको आरोप छन ।
सो ठाउँमा स्थानीयहरूलाई खानेपानीको लागि खानेपानीका लागी टुवेलदेखि शौचालयसम्मको अभाव रहेको छ । यस प्रचण्ड गर्मीमा लामो समयसम्म पानीको अभाबको साथै खुल्ला ठाउँमा शौच गर्नु पर्ने बाध्य रहेको स्थानिय अग्नी पिडित रबि सदाको आरोप छन । उहाँका अनुसार घर, अन्नपात तथा लत्ताकपडा आगोमा जलिसकेकोले लगाउने लुगादेखि सुत्न सम्ममा समस्या देखिएको बताउनु भयो । एकै त्रिपाल मुनि सासु ससुरासहित बच्चाहरूलाई लिएर सुतेर रात काट्न बाध्यता रहेको स्थानिय बताउनु हुन्छ ।


सोही ठाउँका अग्नीपिडित गणेशी यादवले असथायी रुपमा आवास नरहेकोले भुँईमा सुत्न परेको कारण कुन बैला सर्प, किरा डंशने त्राश रहेको बताउनु हुदै कतिबैला हावाले टाउको माथिको त्रिपाल उडाएर लग्ला भने चिन्ताले रात भरी जागराम बस्नु परेको दुखेसो पोख्नु भयो । उहाँले आगोमा जलेर मरेका चोपायाहरुको व्यवस्थापनमा ढिला सुस्ती भएको आरोप छन ।
नेपालको संविधानमा जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समिति रह्ने व्यवस्था गरेको छ । उसले विपदको प्रतिकार्य योजना र विपदको समयमा पीडितलाई सहयोग गर्नुपर्ने उल्लेख रहेता पनि सो अनुसार काम हुन नसकेको स्थानियहरु बताउँछन ।
‘विपद्को समयमा मृत्यु भएका मानिसको शव तथा चौपायाको व्यवस्थापन गर्ने, गराउने, आपत्कालीन अवस्थामा विपद् प्रभावित व्यक्तिहरुको लागि आश्रय गृहको व्यवस्था गर्ने, विपद् प्रभावित क्षेत्रमा खानेपानी, खाद्यान्न, लत्ताकपडा तथा औषधि उपचार जस्ता अत्यावश्यक वस्तुको प्रबन्ध गर्ने, विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने अस्थायी भौतिक संरचनाहरूको निर्माण गर्न लगाउने ।’ नेपालको कानुनमा जिल्ला विपद् व्यवस्थापन समितिको काम कर्तब्यमा लेखिएको भए पनि ब्यवहारमा कार्यान्वयन हुन नसकेको स्थानियको आरोप छन । स्थानिय नेकपा(माओवादी केन्द्र)महादेवा गाउँपालिकामा अध्यक्ष पदका प्रत्याशी उम्मेदवार दिपेन्द्र माझीका अनुसार यहाँका जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय सरकारले औपचारिकता मात्र बहन गरिरहेको देखिएको बताउनु भयो । उहाँले यहाँ यस मध्ये एक काम पनि सही ढंगले गरेको देखिएको छैन भने पालिकाले स्वास्थ्य शिविर संचालन गरेपनि त्यो दिनभरि मात्र रहने गरेको बताउनु भयो ।माझीका अनुसार रातको समयमा कसैलाई स्वास्थ्य समस्या भए यहाँसम्म सहजै एम्बुलेन्स पुग्न सक्ने अवस्था समेत नरहेकोमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय सरकारले २४ घण्टा स्वास्थ्य शिविरको समेत व्यवस्था गर्नु पर्ने बताउनु भयो । उहाँले अहिले केही संस्था र व्यक्तिहरुले दिएको राहत सामाग्रीबाट पीडितहरूले दैनिक खाना खाएर दिन बिताइरहेका छन् तर दिर्धकालिन समस्या समाधानको लागी केन्द्र,प्रदेस र स्थानिय सरकारले ठोस समाधान तर्फ लाग्न आग्रह समेत गर्नु भयो ।


यता सप्तरीको महादेवा गाउँपालिका १ चिम्टीमा भएको भिषण आगलागिबाट पिडित परिवारको लागि सप्तरी युथले गरेको खाना व्यावस्थापनमा विभिन्न संघ संस्थाले सहयोग गरिने क्रम बढेर गएका छन् ।
गत मंगलबार चिम्टीमा भएको आगलागिबाट ४६ परिवारको ६६ घर जलेर नष्ट भएका थिए । आगलागिबाट सखाप भए पछि पिडित परिवारको लागि विभिन्न संघसंस्थाले खानाको व्यावस्थानमा बिष्णुपुर गाउपालिका अखिल क्रान्तिकारी संयोजक निरज यादव सहित को टोलि विभिन्न सामग्री युथ नेपालका काबा अध्यक्ष मोहन यादवलाई हस्तारण गरेका छन् ।
सप्तरी युथ नेपालको संयोजनमा विभिन्न व्याक्ति र संघ संस्थाले दिएको सहयोगबाट अग्नी पिडितलाई विहान र वेलुकाको खाना एक हप्ताका लागि व्यावस्थापन भएको युथका काबा अध्यक्ष यादवले जानकारी दिनु भयो । खाना व्यावस्थापनमा दैनिक व्यावस्थापनको संयोजन सतेन्द्र यादवले गरी रहेका छन भने भोलेन्टिरमा मविवि क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनको सहयोगा रहेको काबा अध्यक्ष्मा यादवले जानकारी दिनु भयो ।
यता अग्नी पिडितलाई एक हप्ता सम्म पुग्ने सम्पुर्ण सामग्रीको लागि नुर वेलफेयर सोसाईटी विसनपुर,मिसन क्लेज राजविराज,अरुण प्रधान, पदमा एग्रो टुरिजम बथनाहा, र पुर्व मन्त्री उमेश कुमार यादवले सहयोग रहको युथका प्रतिनिधि विष्णु यादवले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२४-०५-०५ , समय : १६:४४:११ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्