सप्तरीको छिन्नमस्ता गाउपालिकामा महिलाहरुलाई सशक्तिकरणको लागि ’रुइ’ परियोजना संचालनमा

मिति: २०२४-०५-०४ , समय : १९:५५:०१ , गामघर डेस्क

तस्बिर : देबराम यादव /गामघर टिभिबाट

गामघर डेस्क

छिन्नमस्ता ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आर्थिक र सामाजिक रुपमा पछाडी रहेको समुदायको महिलाहरुलाई सशक्तिकरणको लागि रुई(च्ग्भ्) परियोजना संचालनमा ल्याइएको छ ।
छिन्नमस्ता गाउँपालिकाको सम्वन्यमा वर्ल्ड फुड प्रोग्रामको नेतृत्वमा युएन(ग्ल्)को पाँचवटै एजेन्सीद्वारा उक्त पाँच वर्षे आयोजना संचालनमा रहेको छ ।
उत्पादन मुलुक क्षेत्रमा लगाएर पिछडिएका महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन यो परियोजना संचालनमा ल्याएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनु भयो ।
उहाँले यस परियोजनामा ३४ वटाको समुहको ९ सय भन्दा बढी महिलाको प्रत्यक्ष सहभागिता रहेको जानकारी दिनु भयो ।
उहाँले ’छिन्नमस्ता गापाको ३ र ५ वडामा महिलाहरुको समुह बनाएर करिब ६ महिनादेखि यो परियोजना संचालानमा रहेको बताउनु हुदै यस परियोजना मार्फत उनीहरूलाई कृषि, लघु उद्यम सम्बन्धि तालिम, बिउ बिजन दिने तथा उत्पादन मुलुक क्षेत्रमा सघाउने लगायतका कामहरु गर्ने बताउनु भयो ।
उहाँले गत १७ गते मात्र वडा नं ३मा ६ सय ३१ जनालाई ६ हजार ७ सय २० केजी र वडा नं ५ मा १० केजीको दरले हुने गरि १ हजार ५ सय ७५ केजी धानको बीउ वितरण गरेको बताउनु भयो ।
अध्यक्ष चौधरीले वितरण गरिएको बिउ मदर सिड्स (आमा बिउ) रहेकोले अगामी वर्षमा पनि त्यसैबाट बिउ प्रयोग हुनसक्ने बताउनु भयो ।
उहाँका अनुसार दोस्रो चरणमा महिला सदस्यहरूलाई निःशुल्क उन्नत जात अन्तर्गतको साबा मन्सुली,राधा १२,सुखा धान,बहुबुनी,सर्बना धानको मुल बिउ बितरण गरेको बताउनु हुदै यसले उत्पादनमा वृद्धि,पोषणलाई सबल,वातावरणीय प्रभावमा जलबायु अनुकूरण, जिबिकोपार्जनमा जोड तथा आर्थिक र सामाजिक रुपले पछाडी परेका महिलाहरुलाई आर्थिक सशक्तिकरणमा टेबा पुग्ने रहेको बताउनु भयो । उहाँले यस परियोजना अन्तर्गत यस अघि कोदो(मरुवा)को बीउ ८० केजी, तरकारी तथा हिउँदे तरकारीको बिउ करिब ३० बिघा जमिनलाई पुग्ने गरि ५८ केजी बितरण गरिसकेको बताउनु हुदै उन्नत जातको धानको बीउ ३ मेट्रीकटन,गहुँको बिउ १० हजार ८० केजी,आलु हाइल्याण्डको बिउ ७५० केजी बितरण गरिसकेको जानकारी दिनु भयो । अध्यक्ष चौधरीले ५ बर्षको यस परियोजनमा करिब ५ अर्ब रुपैयाँ लागत लाग्ने जनाएका छन् ।
उहाँले यस परियोजना ५ बर्षमा करिब ५ अर्ब लागत लाग्नेछ, भने यसमा अझै थप कार्यक्रमहरू हुँदै जाने बताउनु भयो ।

प्रकाशित मिति: २०२४-०५-०४ , समय : १९:५५:०१ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्