सप्तरीको महदेवाकाे चिमटीमा आगलागी प्रभावितहरुका लागि सामुहिक शान्ति भोज , अग्निपिडित परिवार बिचल्लीमा

मिति: २०२४-०५-०४ , समय : १८:२९:३८ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज । मुक्ति नेपाल गोलबजार सिरहा र नागरीक आवाज ललितपुरको सहकार्यमा सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तरगत सामुहिक शान्ति भोजमा प्रभावित हरुलाई दैनिक बिहान बेलुका भोजन पकाएर खुवाउने व्यवस्था गरीएको छ , जसमा सप्तरी युथ नेपालको पनि सहभागिता रहेका छन् । साथै मुक्ति नेपालको टीमले त्यहां तत्कालै के आवश्यक भन्ने विषयमा अनुगमन गरी रहेको छ र मनोविमर्श कर्ता खटाई घटनाका कारण भएको मनोसामाजिक समस्या व्यवस्थापन गराउने कार्य गरीरहेको छ ।

सप्तरीकमहदेवा गाँउपालिका १ चिमटीमा २०८१ बैशाख १८ गते भएको आगलागि बाट करीब २०० परिवार विस्थापित भएको छ । उनीहरुको सबै सामान घर, अन्न, लत्ता कपडा भाडो सबै पुर्णरुपमा जलेको छ । प्रभावित हुनेहरुमा सदाय, यादव र मुस्लिम समुदाय
रहेकोमा सबै भन्दा बढी सदाय। उनी हरु संग जीउमा लगाएको लुगा बाहेक केही छैन ।

बस्तीमा रहेको कल पनि सुकी सकेकोलेपानीकोपनि अभाव रहेको छ । प्रभावित हरुले आफ्नो समस्या भन्दाभन्दै भक्कानिन्छन्। ५५ वर्षिय हरीहर देवी यादव धेरै दुख गरी छोरा छोरी पालेर जसो तसो दुध
बेचेर उनीहरको गृहस्ती बसाएकी थिइन । अहीले छोरा बुहारी ,नाती नातिना , पनाति खेलाउदै राम्रै जीवन बिति रहेको थियो ।
कान्छो नाती वरुण यादवको भर्खर बिहे गरी बुहारी भित्रियाएकी उनी अब दुःखका दिन बिते भन्ने लाग्नै थालेको थियो कि आगलागिले सबै
लग्यो केही रह्न दीएन बुहारी संगै दीएको गरगहना फर्निचरका सामान पैसा सबै जलेर सखाप भयो ,भन्दै भक्कानिन्।

त्यस्तै राजेश सदा बैदेशिक रोजगारमा जानका लागि तेही दिन ५ लाख रुपया ल्याएर घरमा राखेका थिये, साझ तीर एजेन्ट लाई दीनु थियो तर आगलागि हुदा सबै घरमै जल्यो उनकी पत्नी रामरति सदा रुदै सुनाईन । करीयाही सदा खेत बाट काम गरेर फर्के पछि खाना खाएर एक छीन मात्र निदाएकी थिइन्।
उनको घरमा आगजनी हुदा थाल पाएन बुहारी आएर उठाउदा उनको लुगामा आगो सल्की सकेको थियो जस्ले उनको पेट पोलेको छ साडी फुकालेर फेके पछि उनी संग लगाउने लुगानै थियेन जसो तसो आफ्नो ज्यान जोगाउन सकेको बताउछीन्।

रविलाल सदाको छोरा देवतु सदा आफ्नो छोराको विवाह बैशाखको अन्त तीर गर्ने सबै तयारी भै सकेको र बीहेकालागि धेरै सामान
जोहो गरी सकेको थियो । बटैया खेत बाट उपजाएको अन्न र केही किनेर राखेको जम्मा चामल (२० मन ) धान ( १५मन ) गहु ( १० मन ) प्याज १० मन , आलु ५ मन र किरानाका सामान सहीत सबै जल्यो अब घर नै छैन छोराको विवाह कसरी र कहा बाट गर्ने भन्ने चिन्ताले सताइरहेको बताउछन्।
वडा बाट उनी हरुलाई ३ किलो मुरही , एक पोका नुन, दुई पैकेट चाउचाउ, एक त्रिपाल , एक साडी र एक झुल दीएको छ । भने नेपाल शसस्त्र प्रहरीद्वारा निःशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण
गरीएको छ ।


बस्तीमा प्रायः सबै प्रभावित संग ज्यानमा लगाएको लुगा बाहेक केही छैन । रींकु देवी सदा भन्छीन्। वडाबाट दीएको साडी मात्र छ पेटीकोट र ब्लाउज एउटा मात्र छ । त्यसैलाइ धोएर सुकाउछु अनी लगाउने गर्छु । खाना पकाउन भाडो बर्तन अन्न केही छैन , बस्नका लागि यस्तो चर्काे घाम र हवाहुरीमा ओत पनि छैन । ओछ्याउने केही छैन, सानो सानो बच्चा छ कसरी बस्ने रात भरी निद्रा लाग्दैन, बच्चाहरुलाई कुरेर रात बिताउने गर्छु । यता अग्निपिडित प्रभावित चिमटिमा बृहत् सरसफाइ समेत गरेकोे छ ।

प्रकाशित मिति: २०२४-०५-०४ , समय : १८:२९:३८ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित