सप्तरीको महादेवाको चिमटीमा आगलागी ४६ घर नष्ट : अग्निपिडित परिवारहरु खुल्ला आकाशमुनि रात बिताउदै

मिति: २०२४-०५-०२ , समय : ०९:१७:०९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
तराई मधेसका सप्तरी लगायतका जिल्लाहरुमा सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना बढ्दै गएको छ । जिल्लाको महादेवा गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा मंगलवार भएको भीषण आगलागीले ४६ वटा घर मध्ये, ११ वटा गोठ,९ वटा भंसा घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ । यस आगलागीबाट पुरुष १ सय ३५ र महिला १सय ३२ जना गरी २ सय ६७ जना आगलागीबाट प्रभावित भएको जिलला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिनु भयो । यसै गरी चौपाया ७ वटामा भैसी १ ,गाई १ बाख्रा ५ जलेर मरेका छन । आगलागीमा आधी दर्जन चौपाया, ट्रयाक्टर, थ्रेसर समेत जलेको प्रहरीले जनाएको छ ।
महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले जनाए अनुसार चिम्टि टोलमा मगलवार दिउँसो ३ बजे तिर हावाहुरी चलेको बेला आगलागी भएको बताउनु भयो । आगलागीले चिम्टीको मुसहरी र यादव वस्तीमा भारी क्षति पुगेको छ । स्थानीय शत्रुघन यादवको गाइगोठमा भैसीेको लागी बालेको धुरबाट सल्किएको आगोले घर जलेको अध्यक्ष मण्डलले बताउनु भयो ।उहाँले समयमा नियन्त्रणको उपाय हुन नसक्दा करोडौको सम्पक्ति जलेर नष्ट भएको बताउनु हुदै दिनभरिको प्रचण्ड गर्मी र दिउँसो चलेको हावाहुरीको बेला भएको आगलागीले केही समयमै ठूलो क्षति हुन पुगेको बताउनु भयो ।
सो आगलागीमा शत्रुघन यादव सगै छिमेकी गणेशी यादव, उपेन्द्र यादव, कौशल्यादेवी यादव, रामदेव यादव, सुकदेव यादव, नथुनी यादव, सचेन्द्र यादव, रन्जित यादव, सुभाष यादव, गोपाल यादव, रामदेव सदा,महादेवी वति सदा, रबि लगायत ४६ परिवारको घर खरानी भएको प्रहरीले जनाएको छ । क्षेती बारे तथ्याङ्क संकलन भईरहेको सप्तरी जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले बताउनु भयो । आगलगीबाट अधिकांश टिनका छाना भएका तथा खरको छानो भएको र काठबाट बनेका घरहरु जलेका छन् ।
आगलागीमा घर जलेका पीडितहरु खुल्ला आकाश मुनी खेतमा बसिरहेका छन् । अधिकांशको अन्न, बाली, लत्ताकपडा जलेकाले ठूलो पीडा भएको छ । पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन पालिका लगायत विभिन्न निकायहरुलाई आव्हान गरिएको महादेवा गा.पा.का प्रमुख प्रशासकिय अधिकृत रामलखन यादवले सञ्चारकर्मीलाई जानकारी दिनु भयो । उहाँका अनुसार अग्नीपिडितको लागी मगलवार राती देखि मेश सञ्चालन भए पछि खाना,खाजा र पानीको साथै स्वास्थ्य शिविर समेत आगलागी स्थलमा सञ्चालन गरीएको जानकारी दिनु भयो । त्यसै गरी ’यस विपत्तिमा सबै एक जुट भै लाग्न र सहयोग गर्न ’सप्तरीका सम्पूर्ण स्थानीय सरकार प्रमुखहरु र विभिन्न संध संस्थाहरुलाई समेत सहयोग गर्न आग्रह गर्नु भयो । उहाँले दलित मुसहर बस्तीलाई नमुना बस्ती बनाउन यस पालिाकाको साथै जिल्लाका अन्य पालिकाका अलावा सरकारी ,गैरसरकारी संध संस्था सहयोगको अपेक्षा राखेको बताउनु भयो । यसै विच नेकपा(माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)सप्तरीका अध्यक्ष रञ्चित कुमार मण्डल नेतृत्वमा ७५ जना अग्नीपिडितलाई भुजा ३ किलाका दरले,पानी २ वटाका दरले,चाउचाउ १० पाकेटका दरले,पतरी २ सय र गलास २ सय वितरण गरेको सञ्चारकर्मीलाई जानकारी दिनु भयो । उहाँले यस्तै अन्य स.ध संसथाहरुलाई सहयोग गर्न आग्रह गर्नु भयो । सो अवसरमा जिल्ला उपाध्यक्षत्रय जय प्रकाश यादव, संतोष मण्डल,उदीत मण्डल लगायतको सहभागीता रहेको थियो ।
यसैविच सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडितलाई राहतको लागि छिन्नमस्ता गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले एक दिनको तलब भता दिने घोषणा गरेको छ ।
गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले अग्निपीडितहरूलाई विपत्तिको समयमा समस्यासँग लडन छिन्नमस्ता गाउँपालिकाका सम्पुर्ण कर्मचारी तथा सम्पुर्ण जनप्रतिनिधिले एक दिनको तलब–भत्ता सञ्चारकर्मीलाई जनाकारी दिनु भयो ।
उहाँले यस विपत्तिमा सबै एक जुट भै लाग्न समेत आग्रह गर्दै सबै जनाले सक्दो सहयोग गरौँ,’ भने, ’सप्तरीका सम्पूर्ण स्थानीय सरकार प्रमुखुहरुलाई समेत सहयोग गर्न आग्रह समेत गरेको छ । छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्दले पालिकामा ३ सय जना कर्मचारी रहेकोले प्रक्रिया थालेर छिटै पीडितहरुलाई चेक हस्तान्तरण गर्ने बताउनु भयो ।
मंगलबार दिउँसो त्यहाँ भएको भिषण आगलागीबाट ४६ परिवारका २ सय ६७ जना घर बिहिन भएको सप्तरी प्रहरीको प्रारम्भिक तथ्याञ्ङ्कमा उल्लेख छन् ।

प्रकाशित मिति: २०२४-०५-०२ , समय : ०९:१७:०९ , 12 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित