सप्तरीको तिलाठी कोइलाडी पालिकाका शिक्षा संयाेजक रायकाे कारणले गुणस्तरीय शिक्षामा चुनाैती
मिति: २०२४-०४-३० , समय : २१:५९:५६ , नविन निर्भय यादव
मिति: २०२४-०४-३० , समय : २१:५९:५६ , नविन निर्भय यादव
नविन निर्भय यादव
राजबिराज ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका स्तरका बिघालयहरुमा गुणस्तरिय शिक्षा माथी चुनौती बढ्दै गएको छ । शिक्षा संयाेजक चन्द्र भुषण रायकाे कारणले यस्तो समस्या देखा परेको वडाअध्यक्ष रमेश मुखियाले बताए ।
मुखियाका अनुसार यहाँका सामुदायिक बिघालयहरुमा अनुगमन हुदैन.. बिघालयहरुमा बेला बेलामा अनुगमन गर्नुपर्ने ब्यवस्था भएपनी बर्षमा एक पटकपनि अनुगमन हुन नसकेको आरोप लगाएका छन। शिक्षा संयाेजक रायकाे सामर्थ्य एवम क्षमता नपुगेरै आज बिघालयहरुमा गुणस्तर शिक्षा हुन नसकेको मुखियाको भनाइ छ ।
शैक्षिक शत्र २०८० मा उच्च मावि बभनगामाकट्टीमा प्राविधिक तर्फ अध्यनरत विद्यार्थीहरू माथि संयाेजक रायले खेलवाड गरेका छन् । प्रधानाध्यापक बिपिन झाले भने भेटनरी शिक्षामा आबद्ध विद्यार्थीहरूकाे ओजेटिब सेवा सुबिधा समेत संयाेजक रायले कटाेैती गरेका छन् ।
हामीहरु निर्वाचित भएकाे २ बर्ष बितिसक्याे बिघालयहरुमा अनुगमन भएकाे थाहा पाइएकाे छैन । यस्तै साेहि पालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु ललन राउत, रमेश मुखिया, सत्यनारायण यादव, राेशन सिहं, हरिनारायण मंडलकाे संयुक्त भनाई छ । हामीहरूकाे कार्यकालकाे याे दुई वर्षमा वडा अन्तर्गतकाे विद्यालयहरूमा कति चाेटी अनुगमन गरे ? अनुगमनकाे क्रममा के कमि कमजोरी देखा परे ? अहिले सम्म शिक्षा संयाेजकले सम्बन्धित ठाउँमा जानकारी नदिएकाे उनिहरुकाे भनाइ रहेको छ ।
यता विद्यालय सम्बन्धि कुनै सुचना मांग गर्दा जानकारी नगरी पन्छिदै आएको स्थानीय सराेकारबालाहरुले बताएका छन । साेही विषय बस्तु केन्द्रित गरेर पालिकाकाे विभिन्न विद्यालयकाे प्रअ संग कुरा गर्दा प्रअहरूकाे भनाई अनुसार शिक्षा संयाेजकाे काम कर्तव्यमा निर्भर छ । उहाँले कुनैपनि मतलव राख्दैन प्रअहरुकाे सामुहिक गुनासाे छ । साेही सन्दर्भमा शिक्षा संयाेजक रायसंग फाेन मार्फत सम्पर्क गर्न खाेज्दा फाेन उठेन ।
यस पालिका अन्तर्गत १७ वटा समुदायिक विद्यालयहरू रहेका छन् ।
प्रकाशित मिति: २०२४-०४-३० , समय : २१:५९:५६ , ९ महिना अगाडि