गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द गर्न अदालतका आदेश

मिति: २०२४-०४-३० , समय : ११:५३:०८ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

बङ्गलादेश ।
बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यस अघि सरकारले अत्याधिक गर्मीका कारण बन्द गरेका बिद्यालय हिजोदेखी खुलाउने निर्णय गरेको थियो । तर अदालतले गर्मी कम नभएको भन्दै आउँदो आइतवारसम्म देशभरका सबै बिद्यालय बन्द गर्न आदेश दिएको बीबीसी हिन्दीले जनाएको छ ।

यस अघि तातो हावा चल्दा बिद्यार्थी र शिक्षकको समेत ज्यान गएको पुष्टि भएपछि सरकारले एक हप्ताका लागि बिद्यालय बन्द गरेको थियो । पछिल्लो एक हप्तामा राजधानी ढाकाको औसत तापक्रम ३० वर्षको औसत तापक्रमभन्दा ४ देखी ५ डिग्री सेल्सियसले बढी रहेको छ ।

अत्याधिक गर्मीका कारण अप्रिल महिनामा मात्रै कम्तीमा सात जनाको ज्यान गएको बङ्गलादेशका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बङ्गलादेशको मौसम विभागले आउँदो बिहीवारसम्म तापक्रम नघट्ने जनाएको छ । यस्तै गर्मी बढेपछि फिलिपिन्सको सरकारले पनि बिद्यालय बन्द गरेको छ ।

यस्तै म्यानमारमा पनि गर्मी अत्याधिक बढेको छ । हिजो म्यानमारको चाउक सहरको ताक्रिम अहिलेसम्मकै धेरै ४८ डिग्रि सेल्सियस पुगेको थियो । एजेन्सी

प्रकाशित मिति: २०२४-०४-३० , समय : ११:५३:०८ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित