स्व.डम्बर नारायण यादवप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण

मिति: २०२४-०४-२९ , समय : १६:४२:१८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको तिरहुत गाउँपालिका वडा न.५ लोहजारा निवासी प्रेस सेन्टर सप्तरीको अध्यक्ष एवं नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यसमिति सदस्य दिनानाथ यादवको पिता डम्बर नारायण झखरैत यादवको ७५ वर्षको उमेरमा निधन भएकोमा नवौ दिनको अवसर पारेर भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
प्रेस सेन्टर सप्तरीको अध्यक्ष यादवको पिताको निधनमा सोमवार एक कार्यक्रम विच मधेस प्रदेसका पुर्व शिक्षा मन्त्रि महेश प्रसाद यादवले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको स्वर्गबासको कामनासहित शोक सन्तप्त परिवारमा धैर्यधारणको कामना गर्नुभयो ।
भावपूर्ण श्रद्धाञ्जली अर्पण शोक सभामा सेन्टरको केन्द्रिय सल्लाहकार तथा प्रेस कान्सिल नेपालको पूर्व सदस्य देवराम यादव लगायतकाहरुको उपस्थिती हुनुहुन्थ्यो ।

प्रकाशित मिति: २०२४-०४-२९ , समय : १६:४२:१८ , 12 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित