मधेस प्रदेश : महोत्तरीका आगलागीपीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग
मिति: २०२४-०४-२९ , समय : १६:३६:०१ , गामघर डेस्क
मिति: २०२४-०४-२९ , समय : १६:३६:०१ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ६ जरलहवा टोलका आगलागीपीडितलाई रु. १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
महानगर विपत् व्यवस्थापन समितिले आगलागीका कारण विपतमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। उक्त रकम आज नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी रहेको छ।
जरलहवा टोलमा यही वैशाख १२ गते दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो। आगलागीमा परेर ९१ वटा कच्ची घर र नाैवटा अर्धपक्की घर गरेर एक सय घर जलेर नष्ट भएका थिए। यसबाट चार सय ५५ जना प्रभावित भए भने सोही आगलागीले पाँचवटा बाख्रा, दुईवटा सुँगुर जलेर नष्ट भएका थिए। रासस
प्रकाशित मिति: २०२४-०४-२९ , समय : १६:३६:०१ , ८ महिना अगाडि