मधेस प्रदेश : वीरगन्जमा गाेली चल्याे, भारतीय माेस्ट वान्टेड अपराधी बब्लु पक्राउ 

मिति: २०२४-०४-२९ , समय : ०८:०९:१० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको वीरगन्जमा प्रहरीले भारतका एक फरार अभियुक्तलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ४० बर्षिय बब्लु पासवान भन्ने गणेश पासवान रहेकाे पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए  ।

प्रहरी श्राेतका अनुसार उनी २०७९ असाेज ३ गते  काठमाडौँको गोठाटारमा भएकाे भारतीय नागरिक लाल महम्मदकाे हत्याकाण्डका मुख्य योजनाकार र सुटर हुन् ।उक्त हत्याकाण्डपछि फरार रहेका उनी प्रहरीको मोस्ट वान्टेडको सूचीमा थिए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार,विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट आइतबार राति ११ बजेतितर वीरगन्ज-१६ भुटनदेवी मन्दिर क्षेत्रमा खटिएको प्रहरी टाेलीले चेकजाँचका क्रममा पासवान भाग्न खाेज्दा प्रहरीले दुई राउन्ड गाेली चलाएकाे थियाे ।त्यसमध्ये एक राउन्ड गाेली पासवानकाे खुट्टामा लागेर घाइते भएर लडेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थापाले बताए ।

पासवान लागू ओैषधकाे काराेबारी समेत रहेकाे थापाले बताए ।घाइते पासवानलाई नियन्त्रणमा लिएर नारायणी अस्पतालमा उपचार गराई अहिले जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखिएको थापाले जानकारी दिए।

पासवानकाे साथबाट एक थान पेस्ताेल र केहि राउन्ड गाेलीका साथै  केहि परिमाणमा लागू ओैषधपनि बरामद भएकाे थापाले बताए ।

यसबारेमा थप अनुसन्धान गरी मंगलबार बिहान प्रहरीले विस्तृत जानकारी गराउने थापाले बताए ।

२०७९ असाेज ३ मा गाेठाटारमा लाल महम्मदकाे गाेली हानी हतणषा  भएपछि त्यसमा संलग्न पर्साका महोरम मियाँ, पर्साकै रेहान मियाँ र मकवानपुरकी सुमी भन्ने सुस्मिता स्याङताङलाई प्रहरी २०७९ असाेज १४ गते पक्राउ गरेर सार्वजनिक गरेकाे थियाे।तर हत्याकाण्डका मुख्य याेजनाकार र सुटर भनिएका पासवान भने फरार रहदै आएका थिए।

प्रकाशित मिति: २०२४-०४-२९ , समय : ०८:०९:१० , ८ महिना अगाडि