मधेश प्रदेशमा कुटपिटबाट एक दलित युवकको मृत्यु

मिति: २०२३-०३-११ , समय : ११:२५:१९ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशकाे रौतहटमा कुटपिटबाट एक दलित युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटकाे राजदेवी नगरपालिका वडा न.१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दास रहेका छन् । मृतक परिवारका अनुसार बुधबार होलिको दिन स्थानीय गणेश यादवसहितका तीनजनाको समूहले उनलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते दासको बिहीबार अपराहन्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दासको मृत्यु पश्चात मात्र प्रहरीलाई खबर प्राप्त भएपछि शवलाई पोस्र्टम गराई परिवारजनलाई जिम्मा लगाएको र घटना विषयमा थप अनुसन्धान भइरहेको रौतहटका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए ।

‘शुक्रबार घरमा मृत्यु भएपछि हामीलाई खबर आयो । हामी पुगेर अनुसन्धान सोधपुछ थाल्यौ । परिवारजनले साँझ कुटपिट भएको भन्यो । बुधबार र बिहीबार प्रहरीलाई खबर गरेन । उपचारको लागि पनि लगिएन । अनुसन्धान गरिरहेकमा छौं’ एसपी बुढामगरले भने ।

घटना पश्चात शवलाई पोस्टमार्टम गराइ परिवारजनको जिम्मा लगाइएको छ ।

घटनामा तीनजना संलग्न रहेको भन्दै मृतकका आफन्त भैरो दासले जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दिएका छन् । कुटपिटमा संलग्न भनिएकाहरु फरार भएका छन् । उनीहरुको खोजी कार्य जारीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-११ , समय : ११:२५:१९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्