मधेस प्रदेश : छुट्टाछुट्टै घटनामा परि श्रीमान श्रीमती सहित तीन जनाकाे मृत्यु
मिति: २०२४-०४-२३ , समय : ०५:४१:४६ , गामघर डेस्क
मिति: २०२४-०४-२३ , समय : ०५:४१:४६ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम।
मधेस प्रदेशको दुई छुट्टाछुट्टै घटनामा परि श्रीमान श्रीमती सहित तीन जनाकाे मृत्यु भएको छ ।
महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान श्रीमतीको मृत्यु भएको छ ।
बर्दिबासमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुबैजना सवार प्र. ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकलबर्दिबास नगरपालिका–२ कालापानी जंगल क्षेत्रमा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारका लागि जनसेवा अस्पताल, बर्दिबास लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै धनुषामा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको हंसपुर नगरपालिका १ भगवानपट्टी बस्ने लक्ष्मण कापरकी श्रीमती ४२ वर्षीय विन्देश्वरी कापर रहेको प्रहरीले जनाएको छ ।
सोमबाबर दिउँसो साढे ३ बजेतिर आँप बगैंचामा रहेको परालको तीनवटा थुप्रोमा आगलागी भएको थियो । प्रहरी र वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रण गर्ने क्रममा जलेको अवस्थामा मण्डलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०४-२३ , समय : ०५:४१:४६ , 12 months अगाडि