मधेश प्रदेशमा ट्यक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्युु
मिति: २०२३-०३-११ , समय : ०९:५९:२८ , गामघर डेस्क
मिति: २०२३-०३-११ , समय : ०९:५९:२८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशकाे सर्लाहीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको रिवन नगरपालिका वडा न. ५ बस्ने सिंहेश्वर शर्माका १२ वर्षीय छोरा ओमशंकर शर्मा छन् ।
उनलाई शनिबार घर नजिक ना ६ त ८४४ नम्वरको ट्रयाक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । बालकको उपचारको क्रममा नमूना अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यता साे दुर्घटनापछि ट्रयाक्ट चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२३-०३-११ , समय : ०९:५९:२८ , 2 years अगाडि