मधेस प्रदेश : स्रोत नखुलेको झण्डै २२ लाख रुपैयाँसहित दुईजना पक्राउ

मिति: २०२४-०४-२१ , समय : २१:३९:५३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको पर्साबाट स्रोत नखुलेको झण्डै २२ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगरपालिका–२३ का ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्साको बिन्दाबासिनी गाउँपालिका–३ का ४३ वर्षीय अजयकुमार साह छन् ।

उनीहरुलाई स्रोत नखुलेको २२ लाख ५ हजार ७ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा डीएसप कुमार विक्रम थापाले जानकारी दिए ।

वीरगञ्जको रुङटा कम्प्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

अर्जुनले झोलाभित्र स्रोत नखुलेको रकम बोकेको भन्ने सूचनाका आधारमा जाँच गर्दा उक्त रकमसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यता पक्राउ परेका दुबै जनाविरुद्ध बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐनको कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०४-२१ , समय : २१:३९:५३ , 12 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित