नेपालका ट्राफिक प्रहरीले भोजपुरी स्टार अक्षरा सिंहलाई नेपाली बोल्न सिकाए
मिति: २०२४-०४-२० , समय : ११:५४:२९ , गामघर डेस्क
मिति: २०२४-०४-२० , समय : ११:५४:२९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । चर्चित भोजपुरी अभिनेत्री अक्षरा सिंह विहिबार नेपाल आएकी थिइन् । उनले सिरहाको लहान एक्स्पोमा सहभागि हुँदै दर्शकसामु विभिन्न प्रस्तुति पनि दिइन् ।
भारत फर्कनुअघि उनले नेपालका ट्राफिक प्रहरीसँग नेपाली भाषा सिक्दै गरेको भिडियो यतिबेला भाइरल छ । उनी आफैले फेसबुकबाट भिडियो सेयर गर्दै नेपाली मान्छे र नेपाल रमाइलो लागेको बताएकी छन् ।
https://www.facebook.com/share/v/5PQSF3zTHzfYQ5Sd/?mibextid=oFDknk
भिडियोमा अक्षराले नेपाली भाषा बोल्न सिकेको देखिन्छ । उनलाई भाषा सिकाउन नेपाली प्रहरीले पनि सघाएका छन् । भिडियो सेयर गर्दै अक्षरा लेख्छिन्– मायालु मान्छेहरुसँग साह्रै खुशि लाग्यो । उनले आफूलाई फेरि नेपाल बोलाउन पनि भनेकी छन् ।
उक्त एस्पोमा अक्षरलाई हेर्न दर्शकको भीड उर्लिएको थियो । जहाँ उनले चर्चित भोजपुरी गीतमा नृत्य प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन दिएकी थिइन् । नेपालको मधेश प्रदेशमा अक्षराको ठूलो फ्यान फलोइङ छ । अनलाइनखबरबाट
प्रकाशित मिति: २०२४-०४-२० , समय : ११:५४:२९ , ८ महिना अगाडि