सप्तरीको पकरीमा मानव कल्याणार्थ,सुख,शान्ति,समृद्घिको लागी अष्टयाम संर्किन शुरु
मिति: २०२४-०४-१७ , समय : २०:२४:३३ , गामघर डेस्क
मिति: २०२४-०४-१७ , समय : २०:२४:३३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको महादेवा गाउँपालिका वडा न.१ पकरीस्थित माँ भगवती काली मन्दिरमा बुधवार साझँदेखि मानवको कल्याण, सुख, शान्ति,समृद्घि लगायतको कामना गर्दै अष्टयाम संर्किन शुरु भएको छ । यस मन्दिरमा विगत २०७३ सालदेखि रामनमी चैते दशमीको अवसरमा २४ धन्टै अष्टयाम संर्किन हुदै आएको आयोजक महादेवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादवले जानकारी दिनु भयो । यस मन्दिरमा विभिन्न किर्तन मण्डलीले बुधवार साँझ देखि काली दुर्गै राधेश्याम ! गौरी शंकर सीताराम !! महामन्त्रद्दारा अष्टयाम संर्किन २४ घन्टै शुरु भएको आयोजकले जनाएको छ । स्थानिय बेचन यादव र श्री मति भुटीदेवी यादवले संयुक्तरुपमा निर्माण गरेका मन्दिरको तत्कालिन प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले २०७३ साल असोज २४ गते एक समारोह विच उद्घाटन गरेका थिए । यस मन्दिरमा दैनिक भजन,किर्तन,पुजा पाठ,आरती लगायतको धार्मिक कार्यक्रम हदै आएको आयोजकले जनाएको छ ।
यसै विच सप्तरी लगायत मुलुक भरी श्रद्धा र भक्तिपूर्वक आज बुधवार पूजा आराधना गरी चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइँयौ ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमीका अवसरमा आज बुधवार नेपाल सरकारले मुलुक भरी सार्वजनिक बिदा समेत दिएको छ ।
रामनवमीको दिन सप्तरी लगायत मुलुक भरीका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । सोहि अवसरमा सप्तरीको पकरी,मनियार पसाही,भारदह,छिन्नमस्ता,कठौना,बरही विरपुर,पातो,तोपा,राजविराज,हनुमानगर,कल्याणपुर,बोदेबर्साइन,कञ्चनपुर लगायतमा बृहत् र्यालि प्रदर्सन गरिएको छ । रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले सुख शान्ति मिल्ने धार्मिक विश्वास छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको जेठो छोरोको रुपमा विष्णुको अवतार लिएर रामको जन्म भएको धर्मग्रन्थमा उल्लेख छ ।
यता रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरुको संहार गरेको वाल्मिकीय रामायणमा उललेख छन ।
प्रकाशित मिति: २०२४-०४-१७ , समय : २०:२४:३३ , ८ महिना अगाडि