भारतको छत्तीसगढमा सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भिडन्त : २९ जना माओवादी विद्रोहीको मृत्युु
मिति: २०२४-०४-१७ , समय : ०८:३८:१२ , गामघर डेस्क
मिति: २०२४-०४-१७ , समय : ०८:३८:१२ , गामघर डेस्क
गामघर डेस्क
भारत ।
भारतको छत्तीसगढमा सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भिडन्त हुँदा कम्तिमा २९ जनाको ज्यान गएको छ । सुदूरपूर्वी राज्य छत्तीसगढको राजधानी रायपुरको कांकेरमा भिडन्त भएको हो । झडपमा तीन जना सुरक्षाकर्मी पनि घाइते भएका बस्तर जिल्लाका प्रहरी महानिरीक्षक सुन्दरराज पट्टीलिङमले जानकारी दिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
भारतमा नक्सलवादी भनेर चिनिने र गरिबका लागि लड्दै आएको बताउने विद्रोही समूहले सन् १९६७ देखि भूमिगत रूपमा छापामार युद्ध गर्दै आएको छ । हिजो दिउँसो भएको पछिल्लो घटना पर्सि अप्रिल १९ तारिखमा लोकसभाका लागि मतदान हुन लागेका बेला भएको हो । विद्रोही माओवादीले चुनाव बहिष्कारको अपिल गर्दै आएको छ । एजेन्सी
प्रकाशित मिति: २०२४-०४-१७ , समय : ०८:३८:१२ , ८ महिना अगाडि