मधेस प्रदेश : ट्यांकरको ठक्करबाट एक जना प्रहरी जवानको मृत्यु

मिति: २०२४-०४-१६ , समय : १०:३६:३५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको बारामा तेल ट्यांकरले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् ।

बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार पथलैयाबाट वीरगन्ज तर्फ जाँदै गरेको परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको ना ७ ख ३०२६ नम्बरको तेल ट्याङकरले जितपुरसिमरा उपमहानगरपालिका २ सञ्चार नजिक ठक्कर दिएको थियो ।

यता ठक्करबाट गम्भीर घाइते प्रहरी जवान परियारको उपचारको क्रममा परवानीपुर स्थित एल एस न्युरो हस्पिटलमा राति १: २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०४-१६ , समय : १०:३६:३५ , 12 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित