मिथिलाञ्चलमा हर्षाेउल्लासका साथ चैती छठ मनाइँदै ( तस्बिर सहित )
मिति: २०२४-०४-१४ , समय : २२:४९:०५ , गामघर डेस्क
मिति: २०२४-०४-१४ , समय : २२:४९:०५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरी सहित मधेस प्रदेशका जिल्लाका साथै खासगरी मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठाकासाथ मनाइने चैती छठको मूलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अघ्र्य दिइन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अघ्र्य दिएपछि चैती छठ विधिवत समापन हुने छ ।
सप्तरीको सदरमुकाम राजविराज स्थित भगवती पाेखरिका साथै मधेस प्रदेशको राजधानी जनकपुरधामको गंगासागर, अर्गजासरमा यो पर्व धुमधामको साथ मनाउने गरिन्छ । यसपटक पनि चैती छठको लागि गंगासागर र अर्गजासर दुल्ही झै सजाइएको छ । त्यस्तै काठमाडौं स्थित कुपन्डोलकाे बागमति किनारमा समेत सयौं मधेस प्रदेशका बासिन्दाहरुले यश बर्षकाे चेते छठ हर्षाेउल्लासका साथ मनाइएको छ ।
चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ । कार्तिकमा मनाइने छठ पर्व जतिको उल्लेख्य संख्यमा चैती छठपर्व मनाउनेको नभए भएपनि वर्षेनी संख्या बढ्दै गएको छ ।
चारदिनसम्म मअत्यन्त नियम निष्ठासाथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी उभेर अघ्र्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ ।
आज सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु जलाशयमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै दिनानाथलाई अघ्र्य दने गर्दछन् । अघ्र्यमा ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लागायतका सामग्री प्रसादको रुपमा चढाइन्छ ।
यता ब्रतालुहरु जागरण बसि भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्वको समापन हुने चलन छ ।
प्रकाशित मिति: २०२४-०४-१४ , समय : २२:४९:०५ , ८ महिना अगाडि