मधेस प्रदेशमा लुटपाटकाे घटनामा बृद्धि : सर्लाहीबाट ५३ राउण्ड गोली बरामद
मिति: २०२४-०४-११ , समय : १७:०४:१५ , गामघर डेस्क
मिति: २०२४-०४-११ , समय : १७:०४:१५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । पछिल्लोपटक मधेस प्रदेशका जिल्लाहरुमा लुटपाटका घटनाक्रम बढदै गएको छ । साेहि क्रममा मधेस प्रदेशको सर्लाहीको मलंगवा नगरपालिकाबाट प्रहरीले ५३ राउण्ड गोली बरामद गरेको छ। बिहीबार मलंगवा–८ गोरखकाली नजिकैबाट लुकाएर राखेको अवस्थामा ५३ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
स्थानीय चन्द्रभुषण यादवको घर अगाडि खाल्डो खनेर गाडेको अवस्थामा गोली रहको सुचना पाएपछि जिल्ला प्रहरीको टोली उक्त स्थानमा पुगेको थियो। खानतलासी गर्ने क्रममा यादवको घर भाडा लिएर ईश्वरपुर नगरपालिका–५ निवासी विजय महतोले संचालन गरेको मोटरसाइकल वर्कसपको कवाड सामान राखेको ठाउँबाट गोली बरामद भएको हो।
गोली सुन प्याक गर्ने पर्समा राखेर ६÷७ ईन्च गहिरो खाल्डो खनेर पुरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।
यता घटनास्थलबाट केएफ ७.६५ लेखिएको गोली बरामद भएको प्रहरीले जनाएको छ। बरामद गोलीको विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ।
प्रकाशित मिति: २०२४-०४-११ , समय : १७:०४:१५ , ९ महिना अगाडि