काेशी प्रदेश सभाकाे विशेष अधिवेशन आह्वान
मिति: २०२४-०४-१० , समय : २३:१९:२० , गामघर डेस्क
मिति: २०२४-०४-१० , समय : २३:१९:२० , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश सभाका एक चौथाइभन्दा धेरै प्रदेश सभा सदस्यले दिएको पत्रको आधारमा प्रदेश प्रमुख खापुङले आउँदो वैशाख ६ गतेका लागि विशेष अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अस्ति सोमवार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले विशेष अधिवेशन आह्वान गर्न लिखित रूपमा माग गरेका थिए । सोमवार नै मुख्यमन्त्री केदार कार्कीले जेठ ११ गते प्रदेश सभा अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो ।
एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन सोमवार नै फिर्ता लिएका छन् । विशेष अधिवेशनमा मुख्यमन्त्री अल्पमतमा पर्ने र उहाँले राजीनामा दिनुपर्ने वा विश्वासको मत लिनुपर्ने गठबन्धनको भनाइ छ । मुख्यमन्त्री कार्कीले भने संविधानअनुसार सरकार बन्ने अन्तिम धाराबमोजिमको सरकार भएकाले पदबाट राजीनामा पनि नदिने विश्वासको मत पनि नलिने बताउँदै आउनुभएको छ ।
कार्की नेपाली कांग्रेसबाट विद्रोह गरेर गएको असोज २७ गते मुख्यमन्त्री बन्नुभएको हो । एमाले र माओवादीले यो सरकारलाई विस्थापित गरेर नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतबहादुर कार्की नेतृत्वमा नयाँ सरकार बनाउने बताएका छन् । उज्यालो
प्रकाशित मिति: २०२४-०४-१० , समय : २३:१९:२० , ८ महिना अगाडि