सप्तरीको पकरीमा मानव कल्याणार्थ,सुख,शान्ति,समृद्घिको कामनाका लागी अष्टयाम संर्किन हुने

मिति: २०२४-०४-१० , समय : १६:०७:१८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको महादेवा गाउँपालिका वडा न.१ पकरीस्थित माँ भगवती काली मन्दिरमा अगामी २०८१ बैशाख ५ गते बुधवारदेखि बिहीवार ६ गते मानव कल्याण,सुख,शान्ति,समृद्घि लगायतको कामनाका लागी अष्टयाम संर्किन शुरु हुने भएको छ । यस मन्दिरमा विगत २०७३ सालदेखि रामनमी चैते दशमीको अवसरमा २४ धन्टै अष्टयाम संर्किन हुदै आएको आयोजक महादेवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादवले जानकारी दिनु भयो । यस मन्दिरमा विभिन्न किर्तन मण्डलीले बुधवार साँझ देखि काली दुर्गै राधेश्याम ! गौरि शंकर सीताराम !! महामन्त्रद्दारा अष्टयाम संर्किन २४ घन्टै शुरु हुने आयोजकले जनाएको छ । स्थानिय बेचन यादव र श्री मति भुटीदेवी यादवले संयुक्तरुपमा निर्माण गरेका मन्दिरको तत्कालिन प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले २०७३ साल असोज २४ गते एक समारोह विच उद्घाटन गरेका थिए । यस मन्दिरमा दैनिक भजन,किर्तन,पुजा पाठ,आरती लगायतको धार्मिक कार्यक्रम हदै आएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०४-१० , समय : १६:०७:१८ , 12 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित