इस्लाम धर्मावलम्बीहरूले ईद उल–फित्र भोलि मनाइने, ईद पर्वमा सार्वजनिक बिदा

मिति: २०२४-०४-१० , समय : १५:४५:०२ , शुभ नारायण यादब

तस्बिर : सामाजिक सन्जालबाट

शुभ नारायण यादब

काठमाण्डौ । इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘ईद उल–फित्र’ मनाउने भएका छन् । केही मुस्लिमले ‘ईद उल–फित्र’ को नमाज मस्जिदमा र केहीले ‘इदगाह’ मा सामूहिक भेला भई दुई रिकात नमाज पढेर सम्पन्न गर्छन् ।

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोअनुसार नवौँ महिना हो । यो पर्वको ७० औँ दिनमा बकर ईद अर्थात् ‘ईद उल–अजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरू ‘हज’ का लागि साउदी अरेबियाको मक्का मदिना जाने पनि गर्दछन्  ।

यसैबीच मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’ को चहलपहल शुरु भएको छ । रमदानभरि रोजा अर्थात् व्रत, उपवास बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो तारिखमै मनाइने ईद उल–फित्र अर्थात् ईदको तयारीमा लागेपछि आज मुस्लिम बाहुल्य बस्तीमा रौनक बढेको हो ।

यता इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल फित्र (ईद) काे अवसरमा सरकारले भोलि बिहीवारका लागि सार्वजनिक बिदा दिएको छ ।

२०७९ सालको चैत २ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । ईदको बिदा राजपत्रमै प्रकाशित भए पनि मिति भने हरेक वर्ष इस्लाम धर्मगुरुहरूले ईद मनाउने मिति तय गरेपछि मात्रै यकिन हुन्छ ।

इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘ईद उल–फित्र’ मनाउने भएका छन् । केही मुस्लिमले ‘ईद उल–फित्र’ को नमाज मस्जिदमा र केहीले ‘इदगाह’ मा सामूहिक भेला भई दुई रिकात नमाज पढेर सम्पन्न गर्छन् ।

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोअनुसार नवौँ महिना हो । यो पर्वको ७० औँ दिनमा बकर ईद अर्थात् ‘ईद उल–अजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरू ‘हज’ का लागि साउदी अरेबियाको मक्का मदिना जाने पनि गर्दछन्  ।

प्रकाशित मिति: २०२४-०४-१० , समय : १५:४५:०२ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित