सप्तरीको महादेवा गाउपालिकामा निशुल्क आयुर्वेद तथा योग शिबिर
मिति: २०२४-०४-०८ , समय : २२:०७:४२ , गामघर डेस्क
मिति: २०२४-०४-०८ , समय : २२:०७:४२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको महादेवा गाउँ पालिकामा निशुल्क आयुर्वेद तथा योग शिबिर सोमवार एक समारोह विच सम्पन्न भएको छ । सो कार्यक्रम महादेवा गाउपालिकाका अध्यक्ष सुनिल कुमार मंडलको अध्यक्षता तथा मधेश प्रदेशका स्वास्थ्य राज्य मन्त्री केशव रायको प्रमुख आतिथ्यमा भगवतपुरमा सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय मधेस प्रदेसको आयोजना तथा महादेवा गाउँपालिकाको सहयोगमा निशुल्क आयुर्वेद तथा योग शिबिर सम्पन्न भएको हो । सो शिवीरमा ग्याष्ट्रिक,बाथरोग,उदर रोग,छातीको रोग,स्त्री रोग,मुत्र रोग,पथरी,जण्डिस,मधुमेह,बाबासीर,भगन्दर,बाल रोगलगायत रोगको उपचार गर्नुका साथै योग सेवा ,ल्याब जाँच बिशेषज्ञ चिकित्सकहरु द्वारा स्वास्थ्य उपचार सयौ जनालाई गरिएको गापाका स्वास्थ्य शाखा प्रमुख ललित कुमार यादवले सञ्चारकर्मीलाई जानकारी दिनु भयो ।
सो अवसरमा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादव,महादेवा गाउपालिकाका उपाध्यक्ष अर्चनाकुमारी यादव,डा.राजीवकुमार झा,देवकान्त झा, ,वडाध्यक्षहरू जयश्वर किशोर दास,जागेश्वर इसर,रामकुमार यादव,हरेराम मण्डल,गजेन्द्र मण्डल,डा.शिवनारायण गुप्ता,डा.नन्दकिशोर कुशवाहा,डा.मिथलेस साह,डा.सतिश यादव,डा.सिमा झा,डा.देवनारायण साह,वृहस्पति राम लगायतले सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२४-०४-०८ , समय : २२:०७:४२ , ९ महिना अगाडि