मधेस प्रदेश : धारिलो हतियार प्रहार गरी एक युवकको हत्या, हत्यारा पक्राउ

मिति: २०२४-०४-०८ , समय : १५:४०:२५ , गामघर डेस्क

जनकपुरमा दिनदहाडै हत्या गरेका युवा । तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको धनुषाको जनकपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।

महोत्तरीको एकडाडा गाउँपालिकाका २० बर्षिय प्रिन्स कुमार महासेठको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एव डिएसपी रञ्जन अवालेले जानकारी दिए ।

उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मा रचौक नजिक डेरामा आज दिउँसो १२ बजेतिर शौचालयभित्र महासेठको हत्या भएको हो ।


हत्या आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय गणेश साहका छोरा २४ वर्षीय अर्जुन कुमार साह रहेको प्रहरी स्रोतले जनाएको छ ।

यता पक्राउ परेका उनीमाथि र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०४-०८ , समय : १५:४०:२५ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित