राजेन्द्र महतो नेतृत्वको प्रदर्शनका क्रममा प्रहरीसँग झडप , दर्जनौं नेता घाइते तथा पक्राउ
मिति: २०२४-०४-०६ , समय : २२:०४:३९ , शुभ नारायण यादब
मिति: २०२४-०४-०६ , समय : २२:०४:३९ , शुभ नारायण यादब
शुभ नारायण यादब
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा भद्रकालीमा प्रहरीसँग झडप भएको छ।
र्याली भद्रकालीबाट निषेधित क्षेत्रमा प्रवेश र्ग खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।
प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको छ। यसेबिच
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा प्रहरीकाे लाठीचार्जबाट दर्जनौं नेता तथा कार्यकर्ताहरु घाइते भएको पार्टीले जनाएको छ । प्रदर्शनकाे क्रममा पार्टीका केशब झा सहित दुई दर्जनभन्दा बढी नेता घाइते भएका छन भन्ने दर्जनौं नेता पक्राउ समेत परेको पार्टीले जनाएको छ । पार्टीले एक विज्ञप्ति जारी गरि प्रदर्सनकाे क्रममा केही प्रहरी समेत घाइते तथा अाफुहरुकाे अान्दोलनमा घुसपेठियाहरुले यस्तो गरेको भन्दै साे कार्यकाे घाेर भर्त्सना गर्दै अान्दोलनकाे क्रममा घाइते भएकाहरुकाे शिर्घ स्वास्थ्यलाभकाे कामना तथा पक्राउ परेकाहरुकाे अविलम्ब रिहाइको माग समेत गरेको छ ।
प्रकाशित मिति: २०२४-०४-०६ , समय : २२:०४:३९ , ८ महिना अगाडि