सुनसरीकाे हरिनगर क्षेत्र तनावग्रस्त : अश्रुग्यास र ५० राउन्ड बढी हवाई फायर , पाँच वटा पालिकामा कर्फ्यु
मिति: २०२४-०४-०५ , समय : १८:३०:३९ , सन्जिव कुमार यादव
मिति: २०२४-०४-०५ , समय : १८:३०:३९ , सन्जिव कुमार यादव
सन्जिव कुमार यादव
सुनसरी । सुनसरीकाे हरिनगर क्षेत्र तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेकाे छ । हरिनगर गाउँपालिकामा दुई समूहबीच झडप भएपछि अश्रुग्यास र ५० राउन्ड बढी हवाई फायर गरेकाे सुनसरी प्रहरीले जानकारी दिएकाे छ ।
सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको बताउनुभयो । प्रत्यक्षदर्शीले केही व्यक्ति घाइते भएका बताए पनि यकिन भइनसकेकाे सुनसरी प्रहरीले जनाएकाे छ ।
यसैबीच आज दिउँसो १२ बजेदेखि लागू हुने गरी अर्काे सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा लागू गरेको छ । हरिनगर गाउँपालिकाको सबै क्षेत्र र देवानगञ्जको वडा १ र ७ मा निषेधाज्ञा जारी भएको हो ।
हिजो एसईई परीक्षाका क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएको थियो । हिजाे स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । मेहताकाे अहिले स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ ।
यता जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच वटा पालिकामा कर्फ्यु आदेश जारी गरेकाे छ ।
यसअघि अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा लागू भएकोमा प्रशासन कार्यालयले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा पनि कर्फ्यु आदेश जारी गरेकाे हाे ।
हिजो एसईई परीक्षाका क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समूहबीच झडप भएको थियो । निषेधाज्ञापछि पनि आज दिउँसो फेरि झडप भएको हो । हिजो स्थानीय जीवन मेहतामाथि कुटपिट भएको र घाइते मेहताको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
कर्फ्यु जारी भएका क्षेत्रमा भेला, प्रदर्शन, सभा–सम्मेलन, धार्मिक कार्य गर्न स्थानीय प्रशासनले रोक लगाएको छ । आदेशको अटेर गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच सुनसरीको हरिनगर क्षेत्र तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ । हरिनगर गाउँपालिकामा दुई समूहबीच झडप भएपछि अश्रुग्यास र ५० राउन्ड बढी हवाई फायर गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।
सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको बताउनुभयो । प्रत्यक्षदर्शीले केही व्यक्ति घाइते भएका बताए पनि यसबारेमा सुनसरी प्रहरीले थप जानकारी सार्वजनिक गरेको छैन । दुई समूहलाई शान्त रहन र संयमता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
प्रकाशित मिति: २०२४-०४-०५ , समय : १८:३०:३९ , ९ महिना अगाडि