सप्तरीको राजविराजस्थित रामराजा सिंह स्वास्थ्य प्रतिष्ठान पूर्वाधार समिति अध्यक्षमा डा. पशुपति चौधरी नियुक्त

मिति: २०२४-०४-०४ , समय : १६:३०:४२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । सप्तरीको सदरमुकाम राजविराज स्थित रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा. पशुपति चौधरी नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले समितिको सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई पनि नियुक्त गरेको छ ।

सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्यमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । बैठकले श्रम अदालतको मुकाम काठमाडौंमा रहने गरी तोक्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: २०२४-०४-०४ , समय : १६:३०:४२ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित