रक्षक नै भक्षक : डीएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर

मिति: २०२४-०४-०३ , समय : ०८:०६:३२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डौ । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । यस्तै उनलाई घुस उपलब्ध गराउने खेम भनिने खिलेन्द्र जिसी पनि दोषी ठहर भएका छन् । घुस लिने र दिनेमाथि दायर छुट्टाछुट्टै मुद्दामा विशेष अदालतले हिजो फैसला सुनाएको हो ।

डीएसपी केसीलाई दुईं वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना तथा केसीलाई घुस दिने व्यवसायी जिसीलाई एक वर्ष ६ महिना कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना हुने भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख केसीले नजिकैको हाटबजारबाट व्यवसायीको सुन ल्याएर फिर्ता गर्न १८ लाख रुपैयाँ घुस मागेका थिए ।

केसीले ३४ तोलाभन्दा बढी सुन लिएर १५ दिनसम्म कार्यालय तथा जिम्मेवार कर्मचारी कसैलाई जानकारी नदिएको पाइएको थियो । यस विषयमा प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि अनुसन्धान भएको थियो ।

यता खानतलासीका क्रममा केसीको घरबाट ३४ तोलाभन्दा बढी सुन बरामद भएको थियो ।

प्रकाशित मिति: २०२४-०४-०३ , समय : ०८:०६:३२ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्