मधेस प्रदेश : एसईईका परीक्षार्थीलाई चिट चोराउन सघाउने शिक्षक पक्राउ
मिति: २०२४-०४-०२ , समय : १६:१५:३४ , गामघर डेस्क
मिति: २०२४-०४-०२ , समय : १६:१५:३४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशमा एसईईका परीक्षार्थीलाई चिट चोराउन सघाएको आरोपमा रौतहटबाट एक गार्ड पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका ३ गम्हरियाका राम अमोद प्रसाद यादव छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटको परीक्षा अनुगमन टोलिले उनलाई मोबाइलमार्फत परीक्षार्थीलाई चिट चोराउन सहयोग गरेको आरोपमा पक्राउ गरेको हो । उनी स्थानीय श्री प्राथमिक विधालय गम्हरियामा कार्यरत शिक्षक हुन् ।
यता शिक्षक यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०४-०२ , समय : १६:१५:३४ , ९ महिना अगाडि