सप्तरीमा कोशी टप्पु बन्यजन्तु आरक्षबाट आएको अर्नाद्वारा लाखौंको केरा बगानमा क्षति
मिति: २०२४-०४-०२ , समय : १२:१४:३० , गामघर डेस्क
मिति: २०२४-०४-०२ , समय : १२:१४:३० , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
कोशी टप्पु बन्यजन्तु आरक्षबाट आएको अर्नाको समुहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १ भलुवाका किसानहरूले लगाएको केरा बगानमा क्षति गरेको छ । स्थानीय बचेन्द्र यादव र राजेश्वर यादवले लगाएको केरा बगानमा आइतबार राती अर्नाको समुहले क्षति गरेको हो ।
कोशी टप्पु बन्यजन्तु आरक्षबाट दर्जनौंको संख्यामा आएको जंगली अर्नाको समुहले केरा बगानमा खानुको साथै कुल्चेर लाखौंको क्षती पुर्याएको पीडित किसानहरूले सञ्चारकर्मीलाई जानकारी दिनु भयो ।
अर्नाले केराको घारी र बोटलाई ढालेर कुल्चिनुको साथै खाएर ५ लाखभन्दा बढीको केरा नष्ट गरेको पीडित किसान बचेन्द्र यादवले जानकारी दिनु भयो । कोशी टप्पु बन्यजन्तु आरक्षबाट आएको अर्नाले दिनभरी आरक्षमा बस्ने र साँझ पर्नासाथ केरा बगानमा आएर चर्ने गरेको स्थानीय किसानहरु बताउँछन् ।
प्रकाशित मिति: २०२४-०४-०२ , समय : १२:१४:३० , ९ महिना अगाडि