सिरियामा इरानी वाणिज्य दूतावासमा आक्रमण, पाँचजनाको मृत्युु

मिति: २०२४-०४-०२ , समय : ०८:५४:४९ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

सिरिया ।
सिरियाको राजधानी दमास्कसमा रहेको इरानी महावाणिज्य दूतावासमा आक्रमण हुँदा पाँचजनाको ज्यान गएको छ । आक्रमणमा सुरक्षा निकायका वरिष्ठ अधिकारी सहित पाँचजनाको ज्यान गएको हो ।

आक्रमणका कारण मेजेह शहरमा रहेको इरानी दूतावास नजिकै रहेको भवन भग्नावशेषमा परिणत भएको तर इरानी दूतावासमा भने खासै क्षति नभएको खबरमा उल्लेख छ । इरान र सिरियाका विदेशमन्त्रीहरूले आक्रमणको कडा निन्दा गरेका छन् । तर, इजरायलको सेनाले भने घटनाबारे कुनै प्रतिक्रिया नदिने बताएको छ ।

उत्तरी इजरायल र लेबनानमा युद्ध गरिरहेका इरान र हिजबुल्लाहलाई अझै उक्साउने उद्देश्यले इजरायलले आक्रमण गरेको हुनसक्ने इरानले अनुमान गरेको छ । एजेन्सी

प्रकाशित मिति: २०२४-०४-०२ , समय : ०८:५४:४९ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्