भारतको दिल्लीका मुख्यमन्त्री केजरीवाललाई न्यायिक हिरासतमा राख्न अदालतको आदेश

मिति: २०२४-०४-०१ , समय : १६:२७:१५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

भारत ।
जाँड–रक्सीसम्बन्धी नीति घोटाला प्रकरणमा पक्राउ परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई यही अप्रिल १५ तारिख अर्थात् आउँदो वैशाख ३ गतेसम्म न्यायिक हिरासतमा राखिने भएको छ ।

मुख्यमन्त्री केजरीवाललाई दिल्लीको राउज एभेन्यु कोर्टले अप्रिल १५ सम्म न्यायिक हिरासतमा राख्न अनुमति दिएको बीबीसी हिन्दीले जनाएको छ । यसअघि केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए ।

जाँड–रक्सीसम्बन्धी नीति घोटालाको बारेमा सोधपुछ गर्दा केजरीवालले सहयोग नगरेको ईडीले बताएको थियो । उनले आफ्नो फोनको पासवर्ड नदिएका ईडीका एसबी राजूले बताएका खबरमा उल्लेख छ ।

आज राउज एभेन्यु कोर्ट आउँदै गर्दा मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिरहेका छन् त्यो देशका लागि ठीक नभएको प्रतिक्रिया दिएका थिए ।

जाँड–रक्सी घोटाला प्रकरणमा केजरीवाललाई उनकै निवासबाट गएको मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । यस प्रकरणमा एक सय करोड भारुभन्दा बढी भ्रष्टाचार भएको आरोप उनीमाथि लगाइएको छ । एजेन्सी

प्रकाशित मिति: २०२४-०४-०१ , समय : १६:२७:१५ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्