मधेस प्रदेश : स्रोत नखुलेको झण्डै २८ लाख रुपैयाँसहित दुईजना पक्राउ
मिति: २०२४-०४-०१ , समय : १४:०४:४८ , गामघर डेस्क
मिति: २०२४-०४-०१ , समय : १४:०४:४८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको सर्लाहीबाट स्रोत नखुलेको २७ लाख ७५ हजार रुपैयाँभन्दा बढी रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ३ का २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अन्सारी छन् ।
प्रहरीले दुवैजनाको साथबाट स्रोत नखुलेको २७ लाख ७५ हजार ९७० रुपैयाँ बरामद गरेको जनाएको छ । सर्लाहीको मलंगवा नगरपालिका ९ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेका दुवैजना हुण्डी कारोबारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।
यता आरिफ अन्सारीले मलंगवा ९ मा फोन सिटी मोबाइल पसल सन्चालन गरेका छन् । कमर आरिफ दुवै जना माथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविन कुमार कार्कीले बताए ।
प्रकाशित मिति: २०२४-०४-०१ , समय : १४:०४:४८ , ९ महिना अगाडि