सप्तरीमा ७१ जना विद्यार्थीको अनिवार्य गणित विषयको परीक्षा परीक्षा रद्द
मिति: २०२४-०३-३१ , समय : १६:२२:२२ , गामघर डेस्क
मिति: २०२४-०३-३१ , समय : १६:२२:२२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरी जिल्लामा ७१ जना विद्यार्थीको अनिवार्य गणित विषयको परीक्षा परीक्षा रद्द गरिएको छ ।
मर्यादाविपरीत कार्य गरेको आरोपमा विभिन्न केन्द्रबाट ७१ जना परीक्षार्थीको आइतबारको परीक्षा रद्द गरिएको हो ।
सप्तरीको सदरमुकाम राजविराजस्थित हयाप्पील्यान्ड सेकेन्डरी स्कुल परीक्षा केन्द्रबाट २८,राजदेवी मावि परीक्षा केन्द्रबाट १२,पवि माविबाट १० जना, केअ माविबाट ७ जना,नरेन्द्र मेमोरियल मावि परीक्षा केन्द्रबाट ६ जना तथा इटहरी विष्णुपुर परीक्षा केन्द्रबाट ८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको शिक्षा समन्वय इकाई सप्तरीका प्रमुख विजयकुमार मण्डलले जानकारी दिए ।
परीक्षा मर्यादा र आचारसंहिताविपरीत मोबाइल लिएर परीक्षा दिएको पाएपछि उनीहरूको परीक्षा रद्द गरिएको शिक्षा समन्वय इकाईले जनाएको छ । इकान्तिपुरबाट
प्रकाशित मिति: २०२४-०३-३१ , समय : १६:२२:२२ , 1 year अगाडि