सप्तरीबाट विधुत चुहावट गर्ने अाधा दर्जन भन्दा बढि ब्यक्ति पक्राउ

मिति: २०२३-०३-१० , समय : १२:१९:४२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज । सप्तरीको विभिन्न स्थानबाट विधुत चुहावट गर्ने अाधा दर्जन भन्दा बढि ब्यक्ति पक्राउ परेको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा बिधुत प्राधिकरण सहित संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानहरुबाट बिधुत चुहावट गरेकाहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । पक्राउ पर्नेहरुमा सप्तरीकाे डाक्नेश्वरी नगरपालिका वडा न. ३ तरहि बस्ने बर्ष ३६ को लक्ष्मि कुमार राय , साेहि ठाउका बर्ष ३८ को श्याम कुमार मुखिया, बर्ष ६० को श्रीप्रसाद साह , बर्ष २० सन्तोष कुमार मुखिया , बिष्णुपुर गाउपालिका वडा न. १ खुरुहुरीया बस्ने बर्ष २० को गणेश कुमार यादव , साेहि ठाउका बर्ष ६० को बिष्ण शर्मा र शम्भुनाथ नगरपालिका वडा न.१२ सोनमा बस्ने बर्ष ५० को यदुनन्द यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता पक्राउ परेकाहरुबाट विघुत चुहावट एेन अन्तरगत जरिवाना लिइ छाडने नेपाल विघुत प्राधिकरण शाखा राजविराजले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-१० , समय : १२:१९:४२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित